विराटनगर : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ ।
प्रहरीका अनुसार उनी रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन्। धनगढी घर भएकी बममाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ।
हालै अदालतले बमकाे मानहानि गरेकाे मुद्दामा रस्मिला धामी दाेषी ठहर भएकी थिइन् । बम पक्राउ परेपछि धामीले न्यायकाे लडाइँ जारी रहेकाे बताएकी छिन् ।