Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले उदयपुरको अध्यक्षमा पाँच जनाको उम्मेदवारी



विराटनगर : नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । एमाले उदपुरको नवौँ अधिवेशनबाट अध्यक्ष बन्नका लागि पाँच नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबारबाट जिल्ला सदरमुकाम गाईघाटमा सुरु भएको अधिवशेनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेपनि पाँच जनाले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष परमेश्वर घिमिरे, पूर्व प्रदेश सांसदसमेत रहेका विमल कार्की, भागवत राउत, गोपाल खत्री र खड्गबहादुर परियारले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यस्तै उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सचिव कालुमान लामासहित दिलबहादुर तामाङ र भरतबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सचिवमा महेश रोका, टेकबहादुर राउत र सम्भु पौडेलको उम्मेदवारी छ । यस्तै महिला उपसचिवमा गंगा राई, गीता खड्का र महेश्वरी राईले उम्मेदवारी दिएका छन् ।

खुल्ला उपसचिवका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिएका छन् ।

उनीहरुले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार