विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापन मुख्यमन्त्री शेरधन राईले ८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
मंगलबारबाट सुरु भएको एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै राईले मिसन ८४ मा एमालेले कसैको बैशाखी र गठबन्धनमा निर्भर नहुने बताए ।
मिसन ८४ लाई सफल बनाउन एमालेले जनताको कामलाई आधार बनाएर जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताए ।
सरकारको नेतृत्व गर्नु नै ठूलो कुरा नभएको बताउँदै राईले विकासको कामलाई तुलना गरेर हेनुपर्ने बताए ।