मुख्यमन्त्री हिक्मत कार्की र माओवादी दलका नेता इन्द्र आङ्बो
विराटनगर : कोशी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने सहमति भएको छ । सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा टुंग्याउने सहमति भएको हो ।
उच्च स्रोतका अनुसार एमालेले कोशी, गण्डकी र कर्णली, माओवादीले वाग्मती र लुम्बिनी, जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ ।
दलहरुले मंगलबार बेलुकासम्म भागबन्डा टुंगो लगाउने बताएका छन् । स्रोतका अनुसार कोशीमा पहिलो चरणमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने दोस्रो चरणमा माओवादीले मुख्यमन्त्री पाउने छ ।
कोशीमा अहिले कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । केन्द्र गठबन्धनमा भएका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कोशी सरकारमा सहभागी छन् ।
प्रदेशमा नेकपा एमालेका ४०, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसद छन् । प९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।