विराटनगर : प्रदेश सरकार बनेपछि पहिलो पटक विराटनगरबाहिर कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक धनकुटामा बस्ने भएको छ । मंगलबार दिउँसो धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालयमा बैठक बस्न लागेको हो ।
तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई शेरधन राई मुख्यमन्त्री भएका बेला सम्पर्क कार्यालय कायम गरिएको थियो ।
त्यसपछि मंगलबार पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू धनकुटा पुगिसकेका छन् ।