Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एस मोरङले जनसरोकारका विषयमा खबरदारी गर्ने



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी मोरङले जनसरोकारका विषयमा खबरदारी गर्ने भएको छ । स्थानीय स्तरबाटै जनताका समस्या हल गर्न एसले जिल्लाभर खबरदारी गर्ने भएको हो ।

नेकपा एकीकृत समाजवादी मोरङका अध्यक्ष चन्द्रवीर राईका अनुसार चैत्र ११ गते मोरङका १७ वटै पालिकामा स्थानीय मुद्धाहरुलाई माग बनाएर पालिका प्रमुख र उपप्रमुखलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

पालिकामा माग बुझाएर समस्या समाधानका लागि दबाबमूलक कार्यक्रम आयोजना गर्ने राईले बताए । जनसेवाका अन्य विषयमा समेत निरन्तर खबरदारी गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार