विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा प्रदेश सरकार तलमाथि नहुने बताएका छन् ।
शुक्रवार झोराहाटमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए । कार्कीले बलमिच्याइँ गरी सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी दिएका छन् ।
संविधान अनुसार बनेको सरकार भएकाले गठबन्धन तलमाथि हुँदैमा सरकार परिवर्तन नहुने उनको दाबी छ । उनले भने, ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’
कार्कीले आफूले कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताए ।