विराटनगर : कोशी प्रदेश सरकारले भोजपुरको हतुवागडीमा भएको आगलागीमा परी ज्यान गुमाएका बालबालिकाको परिवारलाई राहत प्रादन गरेको छ ।
मंगलबार मुख्यमन्त्री केदार कार्की र भोजपुरकी सांसद सिर्जना राई सहितको टोलीले हतुवागढी ७ पिप्लेमा पुगेर दुई परिवारलाई १–१ लाख रुपैयाँको सहयोग प्रदान गरेको हो ।
चैत ३ गते पिप्लेमा भएको आगलागीमा परी तीन बालबालिकाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की छन् ।
प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिषको मृत्यु भएको हो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए ।