Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेमसंघ सोलुखुम्बुको अध्यक्षमा मनसरी राई



विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सोलुखुम्बुको अध्यक्षमा मनसरी राई निर्विरोध निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न जिल्ला कमिटीको पाँचौ अधिवेशनले राईको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले कमिटीको उपाध्यक्षमा मैया बास्तोलालाई चयन गरेको छ । यस्तै सचिवमा कृष्टिना कार्की, कोषाध्यक्षमा मायादेवी राई र उपसचिवमा कल्पना थापामगर चयन भइन् ।

अनेमसंघकी केन्द्रीय सचिव बिना राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अनेमसंघ कोशी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सिर्जना राई, प्रदेश कमिटी उपसचिव अन्जु पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार