Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादीले प्रचण्डका भाइ नारायण र कांग्रेसले युवराज शर्मा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस संसदीय दलको बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । सत्ता समीकरण परिवर्तनसँगै नयाँ गठबन्धनको स्थिति बलियो देखेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको छ । देउवाले सिटौलालाई राष्ट्रियसभा दलको नेता नियुक्त गरिसकेका छन् ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार