Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस जिल्ला सभापतिबाट राजीनामा दिएका सांसद खड्का केन्द्रीय सदस्यमा मनोनीत



विराटनगर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ।

प्रतिनिधि सभा सदस्य भएका कारण जिल्लामा पर्याप्त समय दिन नसकेको भन्दै नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी संखुवासभाबाट निर्वाचित भएका थिए । खड्काले नेकपा एमालेका उम्मेद्वार राजेन्द्र गौतमलाई पराजित गर्दै सांसद बनेका थिए ।

खड्का कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार