विराटनगर : नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ ( समाजवादी) विराटनगर महानगर कमिटीको अध्ययक्षमा बिमला तिम्सिना चयन भएकी छन् ।
शनिबार विराटनगरमा सम्पन्न भएको महिलाहरुको भेलाले तिम्सिनाको अध्यक्षता २५ सदस्यीय कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा राधिका नेपाल र मञ्जु पौडेल( लक्ष्मी) , सचिवमा कमला भट्टराई, उपसचिवमा गंगा पोखरेल भट्टराई र निर्मला राम कोषाध्यक्षमा टीका सिवाकोटी रहेका छन् ।
नवनिर्वाचित कमिटीलाई नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य महेश रेग्मी, अनेमसंघ समाजवादीका केन्द्रिय सदस्य मिरा दाहाल, नेकपा एस महानगर अध्यक्ष वीरेन्द्र यादवलगायतले बधाई तथा शुभकामना दिएका थिए ।