विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुर जिल्ला कमिटीको अध्यक्षमा जोत्सना राई चयन भएकि छन् ।
दोस्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा निर्मला राई र मेरिका राई चयन भएका छन् ।
अनिता राई सचिव हुँदा उपसचिवमा विनिता राई चयन भइन् यस्तै कोषाध्यक्षमा संगिता चौहान चयन भएकि छन् ।
अधिवेशनले सर्वसम्मत ३१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।