Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरीमा खोरेतविरुद्ध खोप अभियान सुरु



पथरी । मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् ।

मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् । तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् ।

पशुमा खोरेतको लक्षण देखिएपछि किसानले वडामा खबर गरी उपचार सुरु गरेका छन् ।
पथरी शनिश्चरे– ८ का वडाध्यक्ष नवीन कार्कीको सहयोगमा मङ्गलबार दिउँसोदेखि उपचार सुरु भएको हो । पशुमा खोरेतको लक्षण देखिएलगत्तै वडाध्यक्ष कार्की मङ्गलबारेस्थित किसानका गोठगोठमा पशु चिकित्सक र प्राविधिकको टोलीसहित पुगेका छन् ।

वडाध्यक्ष कार्कीले किसानका समस्या सुनेर तत्काल नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलसहितको टोलीलाई रोग फैलिएका क्षेत्रमा आज बिहानैदेखि खोरेतविरुद्ध खोप लगाउन थालिएको बताए । खोरेतविरुद्ध किसानलाई सचेत पारिएको पनि वडाध्यक्ष कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार