विराटनगर : नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा सांसद महेश बर्तौला नियुक्त भएका छन् । उनी यसअघि सचेतक थिए ।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई मनोनयन गरेका हुन् ।
बर्तौलाको स्थानमा सांसद सुनिता बराललाई ओलीले सचेतक बनाएका छन् । बराल समानुपातिक सांसद हुन् ।
बर्तौला र बराल दुवैजनाले अनेरास्ववियुबाट पार्टी राजनीति हुँदै यसपटक संसदीय यात्रा तय गरेका थिए ।