विराटनगर : उदयपुरको त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा ओम खड्का निर्वाचित भएका छन् ।
सोमबार राति भएको निर्वाचनबाट १ हजार ६२ मत ल्याएर खड्का निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी संकर बस्नेतले ५ सय ७७ मत ल्याए ।
खड्का नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए भने बस्नेत कांग्रेस समर्थित उम्मेदवार हुन् ।
यस्तै उपाध्यक्षमा ९६९ मत ल्याएर शुपराज राई निर्वाचित हुँदा उपाध्यक्षका अर्का उम्मेदवार नगम कोइरालाले ४६३ मत ल्याए ।
समितिको सचिवमा सन्तोष खड्का निर्विरोध निर्वाचित भए । रेवतिरमण गेलाल कोषाध्यक्षमा निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा भविन्द्र खत्री, रिता आछामी, जित बहादुर बराल, कृष्ण कुमारी राई र डिल्ली नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।