Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वसांसद राईलाई नझरेका फूलहरुको सम्मान



विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राईलाई नझरेका फूलहरु पलेँटी साँझले सम्मान गरेको छ ।
उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकको भनाइ छ ।
उनलाई ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् ।
राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गरेका थिए । २०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उनका फुटकर लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार