विराटनगर : विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ पुनर्गठन भएको छ ।
शुक्रबार भएको कार्यकर्ता भेलाले युवा संघको विराटनगर महानगर कमिटी पुनर्गठन भएको हो ।
नवगठित कमिटीको अध्यक्षमा संगम चौधरी चयन भएका छन् । उपाध्यक्षमा शैलेश यादव र फारुख खान चयन भए ।
यस्तै दिपक थारु सचिव बनेका छन् भने ३ जना सहसचिव बनेका छन् । जसमा उज्ज्वल थापा, जय राजवंशी र रोहन खान छन् ।
प्रजीता बन्जरा कोषाध्यक्षमा चयन भएकि छन् । भेलाले सर्वसम्मत ५१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।