विराटनगर : नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानहरुको दूधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बर्तौलाले ३५ लाख किसान दुग्ध उत्पादनसँग जोडिएको बताए । देशको अर्थतन्त्रमा प्रत्यक्ष सहयोग पुग्ने दुग्ध क्षेत्रलाई सरकारले वेवास्ता गरेको उनको आरोप छ ।
उनले किसानहरुले ६ अर्बभन्दा बढी दूधको मूल्य पाउन बाँकी रहेको बताउँदै उनीहरुलाई समयमै रकम भुक्तानी गर्न सरकारसँग माग गरे ।
रकम भूक्तानीसँग सरकारले अबको बजारीकरणमा समेत ध्यान दिएर दीर्घकालिन समाधानको उपाय खोज्नुपर्ने बताए । आन्तरिक खपतमा बृद्धि गर्नुपर्नेमा सांसद बर्तौलाको जोड छ ।