विराटनगर : नेकपा एमालेले मोरङका नेताहरुलाई पढाउन सुरु गरेको छ । जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा बुधबारबाट नेताहरुलाई पढाउन सुरु गरिएको हो ।
दुई दिने आवसिय प्रशिक्षण कार्यक्रम तथा कार्यशाला गोष्ठी नाम दिएर एमालेले जिल्लाका नेताहरुलाई लेटाङमा पढाउन थालेको छ । कार्यक्रमको समापन बिहीबार हुनेछ ।
प्रशिक्षण कार्यक्रममा मोरङमा रहेका सबै जनसंगठनका केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका पदाधिकारी सहभागी छन् । केन्द्रीय कमिटीमा रहेकाहरुलाई समूह ए, प्रदेह कमिटीलाई बि र जिल्ला कमिटीलाई समूह सि बनाएर प्रशिक्षण दिइएको छ ।
प्रशिक्षण्को पहिलो दिन स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य हिक्मत कार्की, केन्द्रीय सदस्य जीवन घिमिरे, विन्दिया पाण्डे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष सोमराज थापाले प्रशिक्षक दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा दुई सय जना सहभागी भएको अनेरास्ववियु मोरङका सचिव विरेन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रमको दोस्रो दिन एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रशिक्षण दिने कार्यसूची रहेको घिमिरेले बताए ।