Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा प्रदेश स्तरीय सफ्ट टेनिस हुँदै



विराटनगर : कोशी प्रदेश स्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता हुने भएको छ । नेपालमा खेलको इतिहासमा सफ्ट टेनिसमा विराटनगरका खेलाडीले रेकर्ड बढी राख्दै आएका छन् ।

फागुन १६ देखि १८ गतेसम्म विराटनगरको सहिद रंगशालास्थित सफ्ट नेनिसकोर्टमा हुने प्रतियोगिताका क्रममा १० जना पूर्व खेलाडीलाई पनि सम्मान गरिने भएको छ । आयोजिक मोरङ जिल्ला सफ्ट नेनिस संघले गर्ने प्रतियोगितामा विराटनगरको नाम राख्ने पूर्व खेलाडीलाई सम्मान गर्न लागेको जनाएको छ ।

सम्मानित हुनेमा पूर्व खेलाडीमा हालका उद्योग वाणिज्य संघका नेता अभिनाश बोहरा, विराटनगर महानगरका लेखा प्रमुख सञ्जीव भट्टराई, यहांका बासिन्दा धनन्नजय गुरुङ, मुकेश सिंह, मुकेश श्रीवास्तव, रामबहादुर लिम्बु, नारायणबहादुर तामाङ, किरण लामा र भुवन खतिवडा छन् । खेल छाडेपनि यस खेलमा चासो दिइरहनेहरुलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष श्यामकुमार लामाले बताए ।

बिगत तीन दशक भन्दा अघिदेखि सफ्ट नेनिसका प्रशिक्षक रहेर सक्रिय भुमिका निर्वाह गर्दै आएका राजेश बोहराका अनुसार प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहने छ । महिला एकल र डबल तथा पुरुष एकल र डबल गरी चार बिधामा खेलाईने खेललाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खेललाई रोमान्चक बनाउंने पूर्व खेलाडी तथा अग्रजहरु (भेट्रान) बीच पनि प्रतियोगिता गरिने भएको छ । समाजबा बिभिन्न क्षेत्रमा रहेर काम गरिहेका पूर्व खेलाडी बीच पनि प्रतिस्पर्धा हुने बताइएको छ । नेपालमा सबै भन्दा बढी सफ्टनेनिसका खेलाडी विराटनगरबाटै उत्पादन हुंदै आएका छन् । चार वटा खेलको बिधाका प्रथमलाई १०, दोस्रोलाई ८, तेस्रोलाई ६ हजार रुपैंया नगद पुरस्कार दिइने छ ।

नेपालमा तीन दशकको यस खेलको इतिहासमा अन्तराष्ट्रिय जगतमा सहभागिता जनाउंने धेरै खेलाडी पर्छन् । जापान र कोरियामा खेल्न गएका नेपाली खेलाडीले खेज जिवन पछि त्यही देशमा रोजगारी पाएको लामो इतिहास रहेको छ । नेपाली खेलाडीले सफ्ट टेनिसमा अन्तराष्ट्रिय खेलमा धेरै पटक नाम राखेको यस खेलका रेफ्री राजेश लामीछानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार