विराटनगर : नेकपा एमाले सुनवर्षी नगर कमिटीले विष्णु कँडेलको संयोजकत्वमा ७५ सदसीय अधिवेशन आयोजक कमिटि बनाएको छ । यसअघि कँडेल नगर कमिटी सचिव थिए ।
कमिटीको उपाध्यक्षमा रुपेश साह, सचिवमा होम चौहान, सहसचिवमा मनिष राई र भूमिका दुलाल चयन भएका छन् ।
तत्कालिन नगर कमिटी अध्यक्ष श्याम प्रसाद राजवंशी सुनवर्षी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेकपा एमाले मोरङले कार्य सम्पादन गर्न जिल्ला कमिटी सदस्य राधेश्याम राजवंशीलाई संयोजकको जिम्मेवारी दिएको थियो ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न बैठकले अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
नगर कमिटिको सचिवालय बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै ७५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो । अध्यक्ष कँडेलले सो कमिटीले मिति तय गरेर नगर अधिवेशन सम्पन्न गर्ने जानकारी दिए ।
बैठकमा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सुनवर्षीे नगर कमिटी पूर्व इन्चार्ज गोपाल थापा, जिल्ला कमिटी सदस्य तथा सुनवर्षी नगरपालिकका मेयर श्याम प्रसाद राजवंशी, जिल्ला कमिटी सदस्य टेक बहादुर भट्टराई, भक्त तामाङ र लक्ष्मण बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।