Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशभरका स्वंयसेविकालाई कोशी सरकारको सम्मान



विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवस सन्दर्भ पारेर महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ ।
उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६देखि८) सम्म दिवस मनाइने बताइएको छ ।
मुख्यमन्त्री केदार कार्कीले शिशु गर्भमा आएदेखि नै गर्भवती र त्यसपछि सुत्केरी महिलाको हेरचाहमा दिनरात खटिने स्वयम् सेविकालाई प्रोत्साहनसाथ सम्मान गर्ने तयारी भएको बताएका छन् । उनले भने,“हामी मानवीय विकासमा केन्द्रीय छौं । गर्भ रहेदेखि नै हेरचाहमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रजातन्त्र दिवसमा प्रोत्साहन र सम्मान गर्दै छौं ।” स्वयंसेविकाहरुले आफ्ना बालबच्चाको समेत ख्याल नगरी अरुको सेवामा अहोरात्र खटिने गरेको तर मासिक ७ सय मात्र पारिश्रमिक प्राप्त गर्ने अवस्था छ ।
प्रदेश सरकारले स्वास्थ्य महिला स्वंसेविकालाई नगद प्रदेशका प्रत्येक जिल्लाबाट एक–एक जनालाई नगद १५ हजारसहित प्रमाण पत्रका साथ सम्मान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । १४ जिल्लाका एक एक महिला स्वास्थ्य स्वंसेविकालाई नगद १५ हजारका प्रमाण पत्र, चाँदीको सिक्काको लोगो, साडी, बयाग, छाता टर्चलाइटलगायत सामग्री उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

उत्साहित स्वंसेविका
प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् । प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता पुरस्कृत गर्ने निर्णयले आफूहरू उत्साहित भएको नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले बताइन् । “कोशी प्रदेशका मुख्यमन्त्रीज्यूले जुन हिसावमा स्वयंसेविकाका समस्या बुझ्नुभएको छ हामी उहाँप्रति आभारी छौं, उनले भनिन्, ”मुख्यमन्त्रीज्यूसंग पनि भेट भयो हामी समस्या सुनाउँन गएका थियौं । हाम्रा समस्याहरु उहाँ आफैंले भनेर समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”
स्वयंसेविकाले गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्थाले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ । उनका अनुसार हाल कोशी प्रदेशमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार