Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानेपोखरीको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी सरकारद्वारा केन्द्रमा सिफारिस



विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानेपोखरीको भवन वडा नम्बर ६ बाट ५ नम्बरको भैंसाबारीमा सार्नका लागि गाउँसभाबाट बहुमतले निर्णय भएको र अदालतबाट पनि फैसला भएकाले स्थानान्तरणका लागि केन्द्र सरकारमा सिफारिस गर्ने निर्णय भएको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका प्रवक्त शमशेर राईले जानकारी दिए ।

बैठकले खोटाङको बराहपोखरी गाउँपालिकाको नाम संशोधनका लागि केन्द्रीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बराहपोखरीलाई बाराहा पोखरी बनाउन सिफारिस गरेको प्रवक्ता राईले बताए ।

यस्तै प्रदेश कितावखाना निर्देशिका २०८० स्वीकृत गर्ने र आर्थिक वर्ष २०८००८१ मा समपुरक र विषेश अनुदानका लागि आएका प्रस्तावहरुमा छलफल गरी निर्णय गरिएको राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार