Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसकी उदयपुर जिल्ला सदस्य पोखरेल एमालेमा



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीकी उदयपुर जिल्ला कमिटी सदस्य इन्दिरा पोखरेल एमालेमा प्रवेश गरेकी छन् ।

एसनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय सदस्यसमेत रहेकी पोखरेललाई आइतबार एमालेमा प्रवेश गराएको एमाले उदयपुरका अध्यक्ष परमेश घिमिरेले जानकारी दिए ।

उनलाई एमाले पोलिटब्युरो सदस्य मञ्जु चौधरी, प्रतिनिधिसभा सदस्य अम्बर रायमाझी, प्रदेश कमिटी सदस्य देवराज राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।

अध्यक्ष घिमिरेले पछिल्लो समय उदयपुरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढिरहेको बताए । उनका अनुसार केही दिन अघि मात्रै नेकपा माओवादी र नेकपा एसका दुई जना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् ।

जिल्लामा प्रभावशाली नेताको छवि बनाएका माओवादीका राजेन्द्र भण्डारी र एसका नवराज कार्की गत बुधबार एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार