क्रमशः राजेन्द्र कार्की र नारायण बुर्जा मगर
विराटनगर : गत मंसिरको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई ३४ र ३५ मतको अन्तरले पराजित गरेर प्रदेश सांसद बनेका नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बनेका छन् ।
उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश १ बाट नेकपा एमालेका देवराज राईलाई ३५ मतले हराएर दोस्रोपटक प्रदेशसभा सदस्य भएका नारायण बुर्जा मगरलाई मन्त्री लामो संघर्षपछि मन्त्री बनेका हुन् ।
उनी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री बनेका हुन् । पहिलो कार्यकालमा मन्त्री हुन खोज्दा पनि बन्न नपाएका बुर्जा मगर यो पटक एमालेसँग मिल्दा सुरुमै मन्त्री हुन चाहान्थे । माओवादीमा दोहोयाएएर चुनाव जित्नेमा संसदीय दलका नेता इन्द्र आङ्बो र मगर मात्रै हुन् ।
नेकपा एमालेको सरकार ढलेपछि गठबन्धनको सरकार बन्दा उनी पहिलो लटमा नै मन्त्री हुन चाहन्थे । तर, विवादले कोही मन्त्री भएनन् । दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा प्रचण्डका ज्वाईं जीवन आचार्य र संखुवासभाका राजेन्द्र कार्की मन्त्री भए ।
त्यसबेला नाम नआएपछि उनले सचिवालयमार्फत असन्तुष्टि व्यक्त गरेका थिए । पूर्वेलीप्रेससँग कुरा गर्दै मगरले भनेका थिए, मेरो निर्वाचन क्षेत्रका जनताको धेरै अपेक्षा थियो, धेरै फोन आइरहेको थियो, थाम्न नसकेपछि आफ्नो कुरा बाहिर राखेको हो । आवश्वय परे राजीनामा दिन्छु ।
गत निर्वाचन उनी ८ हजार १०५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्दी देवराज राईले ८ हजार ७० मत ल्याएका थिए ।
माओवादीभित्र दोस्रोपटक थोरै मतले जितेर प्रदेशसभाको यात्रा गर्ने उनी भाग्यमानी सांसद हुन् ।
यस्तै संखुवासभामा एमालेका भविश्वर गुरुङलाई ३४ मतले हराएका राजेन्द्र कार्की दोस्रो पटक मन्त्री भएका छन् । उद्धव थापा नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री भएर विदा भएका कार्कीले यसपटक सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
चुनावमा कार्कीले १३ हजार ४३३ मत ल्याउँदा एमालेका गुरुङले १३ हजार ३९९ मत ल्याएका थिए ।