Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शुक्रबार पुनः बस्नेगरी कोशीमा सरकार र पहिचानवादीको वार्ता सकियो



विराटनगर : कोशी प्रदेश सरकारले बनाएको वार्ता समिति र पहिचान पक्षरधरबीच भएको वार्ता सकिएको छ । कोशी प्रदेश खारेजीको माग राख्दै आएको प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समिति र प्रदेश सरकारवीच विराटनगरस्थित बिग होटलमा भएको वार्ता शुक्रबार पुनः बस्ने गरी सकिएको हो ।

प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्नका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । आजको वार्तामा सरकार पक्षबाट संयोजक जबेगुसहित पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी थिए ।

यस्तै सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोबिन्दबहादुर आङबुहाङ, युबराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जम्नेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी वार्तामा सहभागी थिए ।

वार्ता समिति संयोजक जबेगुले वार्ता सकारात्मक भएको जानकारी दिए । ‘आजको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको छ,’ उनले भने, ‘भोलि बिहान ८ बजे पुनः बस्ने गरी आजलाई सकिएको छ । छलफल सकारात्मक छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार