Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरहरा दुई वर्ष अघि नै उभिएको हो, जस पाउने होडबाजीले काम हुँदैन : बर्तौला



विराटनगर : नेकपा एमालेका सचेतक महेश बर्तौलाले धरहराको दुई वर्षअघि नै निर्माण सम्पन्न भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बर्तौलाले केही मानिसहरु जस पाउने होडबाजीमा लागेर विवाद सिर्जना गर्न खोजेको बताए ।

उनले लेखेका छन्, ‘धरहरा बनाए बापत गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङ गर्ने विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस् । बरु पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैंले गर्नु पर्ने काम गर्नुस् । झगडा र जस पाउने होडबाजीले काम हुँदैन ।’

काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै बर्तौलाले यस्तो लेखेका हुन् । मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दुई वर्ष ९ महिना २० दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शमा ओलीले धरहरा उद्घाटन गरेको प्रसंग उल्लेख गरेका थिए।

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो। त्यसको जवाफमा बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्माले धरहरा उद्धाटन गरेका कारण उनैलाई पत्र लेख्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार