Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्धक्क भएर समाचार लेख्न पत्रकारहरुलाई सभामुख विष्टको आग्रह



विराटनगर : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले राजनीतिक दल र जनातले प्रदेशको विषयमा अनेकन प्रश्न उठाइरहेको बताएका छन् ।

आइतरबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै विष्टले त्यसलाई चिर्नका लागि र प्रदेशलाई बलियो बनाउनका लागि पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए ।

त्यसका लागि पत्रकारहरुले निर्धक्कसँग समाचार लेख्नुपर्ने बिष्टको भनाइ छ । उनले भने, ‘प्रदेशको औचित्य पुष्टि गर्न पनि पत्रकारले भूमिका खेल्नुस् । यसमा सभामुखको सहयोग हुन्छ ।’

संसदको पारदर्शिता र यहाँको गतिविधि निर्धक्क लेखेर सहयोग गर्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् ।

संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुईटेलले संस्थाको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेशसभा सचिवालयका सचिव गोपल पराजुलीले संसदको विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार