विराटनगर : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरी र गाइघाटमा शाखा विस्तार गरेको छ । एक कार्यक्रमका बिच इटहरीमा शुक्रबार शाखाको शुभारम्भ गरेको हो ।
शाखाको कार्यालय नेपाल विमा प्राधिकरणका कोशी प्रमुख विनोद पोखरेल, इटहरी उपमहानगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापा र लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका सिइओ राम कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरण कोशी प्रमुख विनोद पोखरेलले विपन्न, गरिब समुदायको विमामा पहुँचका लागि लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्सले ठोस योगदान पुर्याउन विशेष भुमिका निवार्ह गर्ने र यसको विकासमा जोड दिने कुरामा आफु विश्वस्त रहेको बताए । उनले एक कम्पनी एक अभिकर्ताको प्रावधान लघु विमा कम्पनीको हकमा लागु नहुने हुदाँ अन्य जीवन बिमा कम्पनीमा काम गर्ने अभिकर्ताले समेत लघु जीवन बिमा कम्पनीमा काम गर्न सक्ने बताउदै सबैले यसलाई एउटा अवसरको रुपमा लिनुपर्ने कुरामा जोड दिए ।
लिबर्टीका सिइओ राम कुमार यादवले आर्थिक अभावका कारण बिमा गर्न नसकिरहेका ब्यक्ति तथा समुदायले समेत न्युनत विमा शुल्कमा लघु विमा गर्न सक्ने जसका कारण विमामा विपन्न , गरिब र सिमान्कतृ समुदायको पहुँच बिस्तार हुने बताए ।
यस्तै शनिबार उदयपुरको गाइघाटमा पनि लिबर्टीले शाखा कार्यालय उद्द्दाटन गरेको छ । गाइघाटको शाखाको कार्यलय त्रियुगा नपा ६ का अध्यक्ष योगेन्द्र दाहाल र इन्स्योरेन्सका सिइओ राम कुमार यादवलगायतले संयुक्त रुपमा उद्घाटन गरे ।