विराटनगर : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याएको अध्यादेशको विरोध गरेको छ ।
बिहीबार अनेरास्ववियु जिल्ला कमिटी ओखलढुंगाले नेताहरुका लागि गाडी किन्न रु १ संकलन अभियान सञ्चालन गरेर विरोध जनाएको हो ।
विद्यार्थीहरुले सामूहिक रुपमा भेला भएर सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै रकम संकलन गरेको अनेरास्ववियुका स्थायी कमिटी सदस्य गोपाल नेपालले जानकारी दिए ।
उनीहरुले मुख्यमन्त्री केदार कार्की ज्यु, हामी १,१ रुपैयाँ गरेर तपाईलाई पजेरो चढाउँछौँ, अरु केही जान्दैनौ ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० मान्दैनौँ, युवा जति विदेशमा प्रदेशका नेताहरु पजेरोमा, यसैगरी संघीयता पर्दैछ धरापमा जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।