Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कटारी-१० मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण



विराटनगर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर-१० ले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । वडाले बुधबारदेखि वडा कार्यालयबाट भत्ता वितरण गर्न थालेको हो ।

कटारी – १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले दिएको जानकारी अनुसार बुधबार एनआइसी एसिया बैंकको समन्वयमा वडाका १०१ जनालाई भत्ता वितरण गरिएको छ ।

यसअघि यहाँका नागरिकले भत्ता लिनका लागि कटारी जानुपर्ने बाध्यता थियोे । तर, वडा अध्यक्ष खड्काको सक्रियतामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएको छ ।

‘भत्ता लिनका लागि कटारी बजार पुग्नुपर्ने बाध्यता थियोे । भत्ता लिएर आउन एकदेखि दुई दिनसम्म लाग्छ,’ अध्यक्ष खड्काले ले भने, ‘पालिकामा आउजाउ गर्न समस्या हुने भएकाले वडामार्फत सेवा दिएको हो ।’

वडाभित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएको व्यक्तिलाई भत्ता वितरण गरेको उनले बताए ।

वडामै पञ्जिकरण शाखाका कर्मचारी, सुरक्षाकर्मी, बैंकको कर्मचारी तथा जनप्रतिनिधि गएर भत्ता वितरण गरेको खड्काले बताए ।

आगामी दिनमा पनि वडाबाटै वडाबासीलाई हरेक कुराको सुविधा उपलब्ध गराउन लागि पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार