एमाले संसदीय दलको बैठक
विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलले राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आफ्ना सांसदहरुलाई निर्वाचनसम्म विराटनगर नछोड्न निर्देशन दिएको छ ।
मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनसम्म विराटनगर बाहिर जान सांसदलाई रोक लगाएको हो ।
बैठकले एमाले र राप्रपाको सहमतिअनुसार अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत हाल्न सांसदहरुलाई निदेर्शन गरेको प्रदेश सांसद सिर्जना राईले जानकारी दिइन् ।