विराटनगर : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कृष्णप्रसाद सिटौलालाई हरउान कोशीमा एमालेले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।
कोशीमा गठबन्धन दलका राष्ट्रिय सभा उम्मेदवार र मतदाताबीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले एमालेलाई राप्रपासँग तालमेल नगर्न आग्रहसमेत गरेका छन् ।
पुनले भने, ‘परिवर्तन विरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको छ ।’
उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिँड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप उनले लगाए ।
संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए ।
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।
एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।
एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।