विराटनगर : राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारी दिएका परशुराम अधिकारीलाई नेकपा एमालेले ब्याक गराउने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी सहकार्य हुने भएपछि अधिकारीलाई पार्टीले ब्याक गरेको हो ।
एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको छ । यसको पुष्टि स्वयव अधिकारीले पुष्टि गरे ।
अधिकारीका अनुसार एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने सहमति जुटिसकेको छ ।
अधिकारीलाई एमालेले ब्याक गराएपछि अब राप्रपाले महिलातर्फ रुक्मिणी कोइरालालाई सहयोग गर्नेछ ।
अधिकारीले आफू पार्टीको सिपाही भएकाले पार्टीले गरेको निर्णयलाई पालना गर्ने बताए । उनले भने, ‘म पार्टीको एउटा सिपाही हुँ । पार्टीले ब्याक हुन भनेपछि मैले मान्नुपर्छ । अहिलेको अवस्थाका आधारमा पार्टीले यो निर्णय लिएको होला । यसमा मेरो समर्थन छ ।’
भोजपुरका अधिकारीपूर्व माओवादी नेता हुन् । नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन् ।