विराटनगर : मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय खयरबनाका एक सय विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको छ ।
आइतबार श्री हरी सत्संग समिति विराटनगरको आयोजना र बाबा जुटमिल्स प्रा.लि., बाबा भेजिटेबल इन्डष्ट्री प्रा.लि. र हिमगिरी सोप इन्डष्ट्री प्रा.लि.को सहयोगमा विद्यालयका एक सय विद्यार्थीलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तथा समाजसेवी बलबहादुर बस्नेतले जानकारी दिए ।
बढ्दो जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन जान कठिनाइ भइरहेको बेला न्यानो कपडा सहयोग गरिदिएको भन्दै सहयोगी संस्थालाई बस्नेतले धन्यवाद दिए ।