Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारले पहिचान पक्षधरसँग वार्ता आव्हान गर्ने, जबेगु भन्छन्ः आजको भोलिनै माग पुरा हुँदैन



विराटनगर : कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न बनाएको समितिले छलफल गर्ने तयारी थालेको छ ।

आइतबार वार्ता समितिले पत्रकार सम्मेलन गर्दै समितिका संयोजक भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जबेगुले प्रारम्भिक चरणको बैठक बसेर वार्ताको कार्य अघि बढाउने जानकारी दिए ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जबेगुको नेतृत्वमा तीन सदस्यीय छलफल समिति गठन गरेको थियो । जसको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

जबेगुले पहिचान पक्षधरको माग संविधानको अधीनमा रहेर पुरा गर्न लाग्ने बताए । उनले राजनीतिक दलहरु र कानुन विद्हरुसँग छलफल गरेर अघि बढ्ने बताए ।

संयोजक जबेगुले आजको भोलि नै माग पुरा नहुने बताए । उनले भने, ‘संविधान अनुसार गर्छु । हिजो र आजमा फरक छ । आजको भोलि र्न माग पुरा हुँदैन् । तर, म कोशीश गर्छु ।’

यस्तै समितिका सदस्यसमेत रहेका पर्यटनमन्त्री उप्रेतीले संवैधानिक अधिकार प्रयोग गरेर शान्तिपूर्ण अवतरण गर्ने प्रयत्न हुने बताए ।

प्रदेशसभा गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार