विराटनगर : मोरङको लेटाङ नगरपालिकाका मेयर भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले ताला लगाएको छ ।
नगरपालिकाले लेटाङ-४ मा रहेको सहिद हरि भट्टराईको सालिक हटाएको भन्दै माओवादीले तालाबन्दी गरेको हो ।
शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माण गरेको सालिक मेयर लावतीको आदेशमा नगर प्रहरीले तोडफोड गरेर भत्काएको माओवादीको आरोप छ ।
जनयुद्ध कालमा लेटाङमा १६ जनाले ज्यान गुमाएका थिए । उनीहरुको स्मृतिमा प्रतिष्ठानले पार्क बनाएर सालिक राखेको थियोे ।
नगरपालिकाले नै सालिक तोडफोड गर्न लगाएपछि माओवादी कार्यकर्ता आक्रोशित बन्दै तालाबन्दी गरेका हुन् ।