विराटनगर : उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को सातौं अधिवेशनले अमित ढकालको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित गरेको छ ।
शनिबार उदयपुरको गाईघाटस्थित बहेडवामा सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
ढकाल यसअघि पनि हिसान मोरङको अध्यक्ष थिए ।
अधिवेशनले बरिस्ठ उपाध्यक्षमा टिएन तिम्सिना, उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ र गोविन्द निरौला चयन गरेको छ ।
कार्यसमितिको सचिवमा भेषराज नेपाल( भुवन), सहसचिव भुपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहत थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित भएका छन् ।