विराटनगर : कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर बिष्टलाई उम्मेदवारी फिर्ता गर्न राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्देशन गरेका छन् ।
पार्टीले सञ्चालन गर्ने आन्दोलनका विरुद्ध बिष्ट सभामुख भएको भन्दै लोहनीले फिर्ता बोलाएका हुन् । विज्ञप्ती जारी गरेर लोहनीले पार्टीमा भएको सहमति विपरीत उम्मेदवारी दिएका कारण आवश्यक कमद चाल्न केन्द्रीय कार्य समिति र सम्पादन समितिलाई निर्देशनसमेत दिएका छन् ।
बिष्ट मंगलबार कोशीको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी थिइन् ।
सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। बिष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।