Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा एमालेका अधिकारी र कोइरालाले गरे मनोनयन दर्ता



विराटनगर : राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रमुख प्रतिपक्षी एमालेबाट अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गरएका हुन् ।

अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहेका छन् । यस्तै कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिलादिक्षीत कार्की रहेकी छन् ।

अधिकारी अधिकारी पूर्व माओवादी नेता हुन् । नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन् । कोइराला सुनसरीकी महिला नेतृ हुन् ।

कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी बिना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।

यसअघि सत्ता गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्कीले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार