विराटनगर : राष्ट्रिय सभाको निर्वाचनका लागि कोशी प्रदेशमा सत्ता गठबन्धनका उमेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौला र माओवादीकी चम्पा कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
सिटौलाले अन्यतर्फ र कार्कीले महिलातर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।
सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका झापाका सिटौला प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । ओखलढुंगाकी कार्की माओवादी केन्द्रीय सदस्य हुन् । उनी जनयुद्ध कालदेखि नै माओवादीमा सक्रिय छिन् ।