Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा सरकारी कर्मचारी सहकारीको सञ्चालक हुन नपाउने



विराटनगर : मोरङको रतुवामाई नगरपालिकाका सरकारी कर्मचारीहरुले सहकारीको सञ्चालक समितिमा बस्न नपाउने भएका छन् ।

आइतबार नगरपालिकाले सूचना जारी गर्दै सरकारी ढुकुटीबाट पारिश्रमिक पाउने कर्मचारीहरुलाई सहकारीको सञ्चालक समितिमा नबस्न कडा निर्देशन दिएको हो ।

रतुवामाई नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ३० को उपदफा ५४ लाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो । उक्त ऐनको दफा ३० को उपदफा ४ मा ‘सरकारी वा अर्धसरकारी संस्थाको कर्मचारी रहेमा संस्थाको पदाधिकारी र लेखा समितिको पदाधिकारी बन्न पाइने छैन्’ भन्ने व्यवस्था छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजयबहादुर राजलवटले निर्देशन कार्यन्वयन नगरे प्रचलित ऐन तथा नियमावली बमोजिम कारबाही गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार