Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङको अधिवेशन स्थगित



विराटनगर : नेकपा एमाले मोरङ जिल्ला कमिटीको दशौँ अधिवेशन स्थगित भएको छ । तयारी नपुगेको भन्दै एमालेले अधिवेशन स्थगन गरेको हो ।

जिल्ला कमिटीको पदाधिकारी बैठकले तत्कालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

यसअघि पुस २७ र २८ गते जिल्ला कमिटीको दशौँ अधिवेशन गर्ने तय भएको थियो । अब नयाँ अधिवेशनको मिति जिल्ला कमिटीको बैठकले तोक्ने छ ।

एमालेले सुरु गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका कारण पार्टीको मुख्य नेतृत्व त्यता लागेका कारण निर्धारित समयमा अधिवेशन गर्न नसकिएको पोखरेलले बताए ।

यस्तै बैठकले ११ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । जसको संयोजकमा जिल्लाका उपाध्यक्ष बाबुराम कार्की छन् । समितिको सदस्यहरुमा शान्ती लिम्बू, सन्तोष साह, रविन थापा, सन्तोष वान्तवा, सोमराज थापा, राम घिमिरे, ईरान राई, मीनकुमार आचार्य, धर्मानन्द खरेल र रिता न्यौपाने रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार