विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित माध्यामिक विद्यालय लेटीमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । रेवा स्मृति प्रतिष्ठान र समाजसेवी बलबहादुर बस्नेतको सहयोगमा २०० विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको । रेवा स्मृति प्रतिष्ठानका देवु निरौलाले जानकारी दिए । ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ । अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’ झोला वितरण गर्दै निरौलाले भने ।
विद्यालयमा अध्ययनरत २०० बालबालिकालाई झोला वितरण गरिएको हो । रेवा स्मृति प्रतिष्ठान एक सय र समाजसेवी बलबहादुर बस्नेतले एक सय झोला वितरण गरेका हुन् ।
झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक मेघराज कोइरालाले विश्वास लिएका छन् । झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे ।
झोला वितरण गर्ने कार्यक्रममा साहित्यकार सरिता अर्याल, रामबाबु दहाल, समाजसेवी दामोदर सिग्देल, सुनवर्षी माविका प्रधानाध्यापक यज्ञ कुमार निरौला, सहप्रधानाध्यापक महेन्द्र रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बिर्ताज्योति आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा चेक जाचसमेत गरिएको थियो ।