Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय सभाका लागि एमाले कोशीद्वारा ७ जनाको नाम सिफारिस



विराटनगर : आगामाी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लािग नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण बानिँयाको नाम सिफारिस भएको छ । यीमध्ये अधिकारी नेकपा विभाजनपछि माओवादीबाट एमालेमा आएका हुन् ।

यस्तै महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार