विराटनगर : नेकपा एमालेले राष्ट्रिय सभाको उम्मेदवारको चर्चा सुरु गरेको छ । कोशी प्रदेशले आज नाम सिफारिस गर्ने सम्भावना छ । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुने जानकारी दिए ।
तर, उनले कसकसको नाम सिफारिस गर्ने भन्ने बैठकमै छलफल हुने बताए ।
स्रोतका अनुसार अहिलेसम्म महिलामा ताप्लेजुङकी आशारत्न जगेबु, धनकुटाकी विनादेवी राई, उदयपुरकी अम्बिका थापालगायतको नाम चर्चामा छ ।
त्यस्तै पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी र पासाङ शेर्पाको चर्चा अग्रपंतिमा छ । एमालेले राप्रपाका उद्धव पौडेललाई पनि कोशीमा समर्थन गर्न सक्ने सम्भावना छ ।
बुधबार दिउँसो २ बजे प्रदेश कमिटीको बैठकमा काठामाडौँमा बसेर उम्मेदवारको नाम सिफारिस गर्ने तयारी छ ।