विराटनगर : सरकार गठनको रस्साकस्सीमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त सभामुख पदको निर्वाचन कहिले गर्ने भन्ने दलहरुबीच सहमति जुट्न सकेको छैन् ।
गौतमले राजीनामा दिएको लामो समय हुँदा पनि सभामुखको निर्वाचन हुन नसक्दा संसदका कतिपय गतिविधिमा अप्ठ्यारो परेको सांसदहरुले बताएक छन् ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबारको कार्यव्यवस्था समितिको बैठकमा चुनाव गर्ने विषयमा छलफल भएपनि टुंगो नलागेको बताए । उनले अब मंसिर २४ गते कार्यव्यवस्था समितिको बैठकबाट यसलाई टुंग्याउन प्रयत्न हुने बताए ।
एमाले र राप्रपाबाहेक गठबन्धनको ठिक्क बहुमत ४७ मात्रै भएकाले अरुलाई सभामुख नदिकन सरकार अघि बढ्न नसक्ने सम्भावना भएपछि प्रदेशका मुख्यमन्त्री केदार कार्की राप्रपालाई सभामुख दिएर गठबन्धन बलियो बनाएर जाने प्रयत्न गरिरहेका छन् । तर, राप्रपामा अझै अन्योल रहेको छ ।
यद्यपि राप्रपा सभामुख लिन सकारात्मक बन्दै गएको छ ।