विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती इसाईको धर्म प्रचार गर्दै हिँडेको भन्दै बर्खास्तीको माग गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा १० बुँदे प्रस्ताव राख्दै उनले मन्त्रीलाई बर्खास्त गर्नुपर्ने र कांग्रेसले धर्म संस्कृति विभाग गर्नुपर्ने बताएका छन् ।
साम्प्रदायिक मुडभेट फैलाएर अराजकता निम्त्याउने संस्कृतिमन्त्रीलाई बर्खास्त गर्नुपर्ने उनको भनाइ छ ।
केही दिनअघि संस्कृति मन्त्री सुदन किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति निकै आलोचित बनिरहेको छ ।
यस्तै उनले हुलाकी सडक, विराटनगरको ट्राफिक व्यवस्थापन, कोशी अस्पतालको निर्माणमा भएको ढिलासुस्तीलगायतका विषयमा कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने माग राखेका छन् ।