विराटनगर : विभिन्न पार्टी परित्याग गरी विराटनगरमा २०० जनाभन्दा कढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार माओवादी विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य प्रा.डा. महादेव भगतसहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
भगतसहित जनता समाजवादी पार्टी (जसपा) का पूर्व केन्द्रीय सदस्य सत्यनारायण साह, कामेश्वर रौनियार, युवराज साहलगायत २०० जनाभन्दा धेरै व्यक्तिहरु माओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादीका केन्द्रीय सचिव एमव् कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव) ले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उनीहरुलाई माओवादी केन्द्रीय सदस्य शिवकुमार मण्डल, दुर्गाप्रसाद चापागाई, प्रदेश अध्यक्ष हर्क नेम्वाङलगायतका नेताले पनि स्वागत गरेका थिए ।